विश्वभर कोरोना संक्रमणबाट २२ लाख ४७ हजारले ज्यान गुमाए

काठमाडौं, माघ २० : विश्वभरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२ लाख ४७ हजार नाघेको छ । गएको २४ घण्टामा विश्भरमा ९ हजार वढी संक्रमितले ज्यान गुमाएसँगै मृतकको संख्या २२ लाख ४६ हजार नाघेको हो।
पछिल्लो २४ घण्टामा अमेरिकामा १७ सय २५, जर्मनीमा ६ सय १९, ब्राजिलमा ६ सय ९, फ्रान्समा ४ सय ५५, रसियामा ४ सय ३७, वेलायतमा ४ सय ६ जनाले ज्यान गुमाए ।
यसैगरी एकै दिनमा ३ लाख ७७ हजार कोरोना संक्रमित थपिएका छन्। विश्वभर कूल संक्रमितको संख्या १० करोड ३९ लाख नाघेको छ। २४ घण्टामा अमेरिकामा सबैभन्दा धेरै १ लाख १३ हजार संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या २ करोड ६९ लाख पुगेको छ।
स्पेनमा २५ हजार ८ सय, ब्राजिलमा २५ हजार २ सय, वेलायतमा १८ हजार ६ सय, रसियामा १७ हजार ६ सय र भारतमा ८ हजार ५ सय संक्रमित थपिएका छन्।
विश्वभरमा ७ करोड ५६ लाख ७० हजार जना संक्रमणमुक्त भइसकेका वल्डोमिटरले जनाएको छ।












