Kathmandu Press

नेपाली सेनाका बख्तरबन्द गाडीले गरे चक्रपथ परिक्रमा 

काठमाडौं, माघ २० : नेपाली सेनाका बख्तरबन्द गाडीले सोमबार राति चक्रपथ परिक्रमा गरेका छन्। राति १० बजेपछि सेनाका १० वटा गाडी हतियारजडित गाडी सडकमा...
नेपाली सेनाका बख्तरबन्द गाडीले गरे चक्रपथ परिक्रमा 

काठमाडौं, माघ २० : नेपाली सेनाका बख्तरबन्द गाडीले सोमबार राति चक्रपथ परिक्रमा गरेका छन्। राति १० बजेपछि सेनाका १० वटा गाडी हतियारजडित गाडी सडकमा निस्किएका थिए।

काठमाडौंको सीतापाइलाबाट यी गाडीहरू निस्किएका हुन्। वर्तमान विकसित राजनीतिक घटनाक्रमका समेत तीव्र बनिरहेको बख्तरबन्द गाडी यसरी सडकमा निस्किएपनि सेनाले यसलाई ‘नियमित अभ्यास’ भनेको छ ।

यद्यपि कतिपयले यसलाई ‘माघ १९ कै छेको पारेर किन सडकमा बख्तरबन्द गाडीको परेड’ भनेर प्रश्न समेत उठाएका छन् । सेनाका अनुुसार राति बख्तरबन्द गाडीहरुले काठमाडौं चक्रपथको एक चक्कर लगाएको हो ।

सेनाको तर्कअनुसार व्यारेकभित्र गरेको अभ्यासलाई अझ निखार्नको लागि सडकमा पनि अभ्यास गर्नुपर्ने हुन्छ ।  त्यसका लागि सडक जाम नहुने समय पारेर रातिको समयमा सैन्य गाडी सडकमा निकालिएको बताइएको छ । 

प्रकाशित मिति: ०६:५२ बजे, मंगलबार, माघ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्