Kathmandu Press

जापानमा सङ्कटकाल एक महिना थप्ने तयारी

काठमाडौं, माघ २० : जापानमा लागू गरिएको संकटकाल फेरी एक महिना लम्ब्याउने तयारी भएको छ । कोरोनाभाइरसको महामारी फैलिँदै गएकाले जापानमा संकटकाल लगाइएको...
जापानमा सङ्कटकाल एक महिना थप्ने तयारी

काठमाडौं, माघ २० : जापानमा लागू गरिएको संकटकाल फेरी एक महिना लम्ब्याउने तयारी भएको छ । कोरोनाभाइरसको महामारी फैलिँदै गएकाले जापानमा संकटकाल लगाइएको हो ।

महामारी अहिले पनि नियन्त्रणमा नआएकाले फेरी लम्ब्याउनु परेको अधिकारीहरूले जनाएका छन् । राजधानी टोकियोसहित महत्वपूर्ण ११ सहरी क्षेत्रमा आगामी मार्च ७ सम्म संकटकाल लम्ब्याउने तयारी भएको उनीहरूको भनाइ छ । जापानका प्रधानमन्त्री योशिहिडे सुगाले यही जनवरी ७ तारिखमा कोरोना संकटकाल घोषणा गरेका थिए ।

Hardik ivf

संकटकालको अवधि लम्ब्याउने अन्तिम घोषणा गर्नु अघि प्रधानमन्त्री सुगाले सरोकारवाला तथा विज्ञहरूसँग छलफल गर्ने भएका छन् । उनले मंगलबार उनीहरूसँग छलफल गरेर मात्रै संकटकालको अवधि लम्व्याउने निर्णय गर्नुहुने अधिकारीहरूले जनाएका छन् । अहिले लागू गरिएको संकटलकाल आगामी फेब्रुअरी ७ तारिखमा सकिन लागेकाले प्रधानमन्त्री सुगाले संकटकाल लम्ब्याउने कि नलम्ब्याउने भन्ने निर्णय गर्नु पर्ने भएको हो ।

जापानमा सोमबार मात्रै थप एक हजार ७९२ जना कोरोनाभाइरसको  सङ्क्रमण पुष्टि भएको छ । यो सँगै देशभरी अहिलेसम्म सङ्क्रमितहरूको कुल सङ्ख्या तीन लाख ९२ हजार ४७५ पुगेको छ । त्यसैगरी जापानमा कोरोनाका कारण अहिलेसम्म पाँच हजार ८४६ जनाको मृत्यु भएको सोमबार बेलुकासम्मको तथ्याङ्क छ । 

प्रकाशित मिति: ०६:४१ बजे, मंगलबार, माघ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्