Kathmandu Press

फुटबलर बुढाथोकीलाई 'आइलिग' खेल्ने अवसर    

नेपालका लोकप्रिय राष्ट्रिय फुटबल खेलाडी प्रकाश बुढाथोकीले एसियाकै प्रतिष्ठित मानिने भारतको आइलिग खेल्ने अवसर पाएका छन् ।     भारतको मणिपुरस्थित नेरोका एफसीमा अनुबन्धित भएपछि उनले उक्त अवसर पाएका हुन् ।
फुटबलर बुढाथोकीलाई 'आइलिग' खेल्ने अवसर    

काठमाडौं, माघ १९ :  नेपालका लोकप्रिय राष्ट्रिय फुटबल खेलाडी प्रकाश बुढाथोकीले एसियाकै प्रतिष्ठित मानिने भारतको आइलिग खेल्ने अवसर पाएका छन् ।   भारतको मणिपुरस्थित नेरोका एफसीमा अनुबन्धित भएपछि उनले उक्त अवसर पाएका हुन् ।

आइलिग भारतको ‘ए’ डिभिजन क्लबहरु खेल्ने राष्ट्रिय लिग हो । धरान उपमहानगरपालिका–२० पटनाली निवासी बुढाथोकीलाई  धरान फुटबल क्लबले आज बिदाइ गरेको छ ।

एन्फा १ नं प्रदेश अध्यक्ष तथा क्लबका अध्यक्ष किशोर राईले सफलताको शुभकामना दिँदै बिदाइ गरे । क्लबले उनलाई ८ हजार नगद पनि प्रदान गरेको थियो ।         
 

प्रकाशित मिति: १९:१२ बजे, सोमबार, माघ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्