Kathmandu Press

ट्रम्पमाथिको  महाभियोगविरुद्ध सुनुवाइका लागि दुई वकिल नियुक्त    

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध सिनेटमा हुन लागेको महाभियोगमाथिको सुनुवाइका लागि प्रतिरक्षा गर्न दुई जना वकिल नियुक्त गरेका छन् ।
ट्रम्पमाथिको  महाभियोगविरुद्ध सुनुवाइका लागि दुई वकिल नियुक्त    

वासिङ्टन, १९ माघ : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध सिनेटमा हुन लागेको महाभियोगमाथिको सुनुवाइका लागि प्रतिरक्षा गर्न दुई जना वकिल नियुक्त गरेका छन् ।

ट्रम्पले नियुक्त गरेका वकिलहरुमा डेभिड सोएन र ब्रुस एल. क्यास्टर जुनियर रहेका छन् । विगतमा ट्रम्पसँग रहेका कतिपय वकिलले विदा लिइसकेकाले थप दुई वकिल राख्नुपरेको हो ।    

Hardik ivf

अमेरिकी सिनेटमा आगामी फेब्रुअरी ८ देखि महाभियोगमाथि सुनुवाइ हुँदै छ । ट्रम्पको गत जनवरी २० मा कार्यकाल समाप्त भए पनि अमेरिकी संसद भवनमा ट्रम्पको उक्साहटमा आक्रमण भएको भन्दै डेमोक्रेट पार्टीले उहाँ विरुद्ध अविश्वास प्रस्ताव अघि बढाएको छ । अमेरिकी तल्लो सदनले महाभियोग लगाउने प्रस्ताव स्वीकृत गरी सिनेटमा पठाइसकेको छ । अमेरिकी संविधान र कानुन बमोजिम सिनेटको दुई तिहाईले पारित गरेमा मात्र कुनै पनि राष्ट्रपति विरुद्ध महाभियोग पारित हुने प्रावधान छ ।     

सिनेटमा हाल रिपब्लीकन र डेमोक्रेटिक पार्टीबाट समान ५०–५० सदस्य रहेकाले ट्रम्प विरुद्धको महाभियोग पारित हुने सम्भावना भने कम रहेको छ ।     

हालसम्म पाँच जना रिपब्लीकन सिनेटर सदस्यले मात्र ट्रम्प विरुद्धको महाभियोग लगाउनु पर्ने मत सार्वजनिक गरेका छन् । महाभियोग पारित हुन अझै १७ रिपब्लीकन सिनेटरले समर्थन जनाउनु पर्नेछ, जुन निकै कठिन छ ।     

प्रकाशित मिति: १८:२५ बजे, सोमबार, माघ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्