Kathmandu Press

बाइल्याट्रल सिरिज स्थगितसँगै नेपाली टिमको बन्द प्रशिक्षण पनि रोकियो

काठमाडौं, माघ १९ : कतारमा आयोजना हुने बाइल्याट्रल टि–२० सिरिजको तयारीका लागि आजैबाट सुरु भएको नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण स्थागित भएको...
बाइल्याट्रल सिरिज स्थगितसँगै नेपाली टिमको बन्द प्रशिक्षण पनि रोकियो

काठमाडौं, माघ १९ : कतारमा आयोजना हुने बाइल्याट्रल टि–२० सिरिजको तयारीका लागि आजैबाट सुरु भएको नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण स्थागित भएको छ। कोरोना संक्रमण बढ्न थालेपछि कतारले नेपाल र कतारबीचको टि–२० सिरिज अनिश्चितकालका लागि स्थागित गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षण स्थागित गरेको हो।

नेपाल र कतारबीचको बाइल्याट्रल सिरिज कतार स्पोर्टस डेका अवसरमा कतार क्रिकेट एसोसिएसन फेब्रअरी ९–१२ सम्म कतारमा आयोजना गर्ने तय थियो। 

क्यानले सोमबार दिउँसो विज्ञप्ति जारी गर्दै कतार क्रिकेट एसोसिएसनले टि–२० सिरिज स्थागित गर्ने निर्णय गरेकाले आजैबाट सुरु भएको नेपाली टिमको बन्द प्रशिक्षण अर्को सूचना नआउँदासम्मका लागि स्थागित गरिएको जनाएको छ।

क्यानले बन्द प्रशिक्षणका लागि १८ खेलाडीलाई बोलएको थियो। क्यानले बन्द प्रशिक्षणका लागि विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, आसिफ सेख, कुशल मल्ल, सागर ढलका र दीपेन्द्रसिंह ऐरीलाई बोलाएको थियो। यस्तै, कुशल भुर्तेल, विवेक यादव, लोकेश बम, कमलसिंह ऐरी, भुवन कार्की, अविनाश बोहरा, पवन सर्राफ, कृष्ण कार्की, सौभर खनाल र साहब आलम पनि टिममा थिए।

प्रकाशित मिति: १६:५४ बजे, सोमबार, माघ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्