नियुक्ति सिफारिस फिर्ता गर्ने अधिकार सभामुखलाई नभएकाे तिमिल्सिनाकाे दाबी
‘संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीइ सुनवाइ समितिको दुई तिहाइबाहेका अन्य कुनै पनि निकाय वा पदाधिकारीलाई अस्वीकार वा फिर्ता गर्ने कानुनी व्यवस्था छैन,’ तिमिल्सिनाकाे प्रेस नोटमा उल्लेख छ ।काठमाडौं, माघ १९ : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनवाइका लागि संवैधानिक परिषद्ले गरेको नियुक्ति सिफारिस फिर्ता गर्ने अधिकार संघीय संसद्का सभामुख अग्निप्रसाद सापकोटालाई नभएको दाबी गरेका छन् । तिमिल्सिनाले आज प्रेस नोट जारी गरेर सभामुखलाई संवैधानिक परिषद्ले गरेको नियुक्ति सिफारिस फिर्ता गर्ने अधिकार नभएकाे दाबी गरेका हुन् ।
‘संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीइ सुनवाइ समितिको दुई तिहाइबाहेका अन्य कुनै पनि निकाय वा पदाधिकारीलाई अस्वीकार वा फिर्ता गर्ने कानुनी व्यवस्था छैन,’ तिमिल्सिनाकाे प्रेस नोटमा उल्लेख छ ।
तिमिल्सिनाले संवैधानिक परिषद्का सिफारिसहरु सभामुख सापकोटाको एकल निर्णयले फिर्ता पठाएकामा गम्भीर आपत्ति प्रकट गरेका छन् ।
हिजाे सभामुख सापकोटाले संवैधानिक परिषद्ले गरेको नियुक्ति सिफारिसविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन रहेको भन्दै संवैधानिक परिषद्मै नियुक्ति सिफारिस फिर्ता पठाएका थिए ।










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
