प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई कसरी प्राप्त भयो? : न्यायाधीश मल्ल
काठमाडाैं, माघ १९ : संवैधानिक इजलासमा न्यायाधीश सपना प्रधान मल्लले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई कसरी प्राप्त भयो भनेर प्रश्न गरेकी छन्। महान्यायाधिवक्ता अग्निप्रसाद...
काठमाडाैं, माघ १९ : संवैधानिक इजलासमा न्यायाधीश सपना प्रधान मल्लले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई कसरी प्राप्त भयो भनेर प्रश्न गरेकी छन्।
महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई न्यायाधीश मल्लले वर्तमान सरकार संविधानको धारा ७६ को उपधारा १ अनुसारको भएको भन्ने उल्लेख गरेको भन्दै सरकारलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार कहाँबाट मिल्यो भन्दै प्रश्न गरेकी हुन्।
सोमबार सरकारको तर्फबाट बहस गर्न इजलासमा उपस्थित खरेलले रिट निवेदक देवप्रसाद गुरुङले सरकार संविधानको धारा ७६ (१)अनुसारको सरकार भएको निवेदनमा उल्लेख गरेका थिए।
निवेदनको जवाफमा न्यायाधीश मल्लले, ‘सरकार संविधानको धारा ७६ (१) बमोजिमको भन्नेमा विवाद छैन। विश्वासको मत लिएको सबै डकुमेन्ट पनि पेस भएको छ। निवेदनमा पनि त्यही लेखिएको छ। लिखित जवाफ हेर्दा पनि सरकारलाई संविधानको धारा ७६ को उपधारा ७ प्रयोग गर्ने अधिकार कहाँबाट प्राप्त भयो ?’ त्यो प्रष्ट पार्न बताएका थिइन्।
न्यायायाधीश मल्लले प्रश्न गरेकी थिइन, ‘संविधानको धारा ७६ को ५ बमोजिमको प्रधानमन्त्री ‘वा’ पनि भनिएको छ त्यो के हो? यो अवस्थामा प्रयोग गर्न पाउने कि नपाउने ? यो प्रयोग गर्न पाउने हो भने त्यो अवस्था थियो कि थिएन ? त्यो अख्तियार छ कि छैन ? र, संसदमा परीक्षण हुनुपर्ने कि नपर्ने ?’










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
