वर्तमान सरकार धारा ७६ (१) अन्तर्गतकै भएको महान्यायाधिवक्ताको जिकिर
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटउपर सर्वोच्च अदालतको संवैधानिक इजलासमा सोमबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सरकारी निर्णयको बचाउमा बहस गर्दै वर्तमान सरकार संविधानको धारा ७६ (१) अनुसारकै भएको जिकिर गरेका छन् ।काठमाडौं, माघ १९ : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटउपर सर्वोच्च अदालतको संवैधानिक इजलासमा सोमबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सरकारी निर्णयको बचाउमा बहस गर्दै वर्तमान सरकार संविधानको धारा ७६ (१) अनुसारकै भएको जिकिर गरेका छन् ।
संविधानको धारा ७६ (२) अनुरूपको सरकार नभएको उनको भनाइ थियो । त्यसक्रममा न्यायाधीश अनिल सिन्हाले पार्टी एकीकरण नहुँदै प्रधानमन्त्री कसरी बहुमतप्राप्त दलको नेता भए भन्ने प्रश्न गरे । महान्यायाधिवक्ता खरेलले उक्त प्रश्नको जवाफ दिएनन् ।
महान्यायाधिवक्ता खरेलले कमजोर प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न सक्ने, तर बहुमतप्राप्त प्रधानमन्त्रीलाई खुम्चिएर बस भन्ने व्याख्या हुन नसक्ने जिकिर गरे ।
प्रकाशित मिति: १४:५३ बजे, सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
