Kathmandu Press

धनुषामा वैशाख १७ गते चुनाव हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, माघ १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग चुनावको तयारीमा लागिसकेकोले एक दिन पनि पर नसर्ने बताएका छन्सोमबार ढल्केबरमा नेपालकौ ठूलो...
धनुषामा वैशाख १७ गते चुनाव हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, माघ १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग चुनावको तयारीमा लागिसकेकोले एक दिन पनि पर नसर्ने बताएका छन्

सोमबार ढल्केबरमा नेपालकौ ठूलो सब–स्टेसन उद्घाटनपछि प्रधानमन्त्री ओलीले धनुषाको क्षेत्रमा वैशाख १७ गते नै चुनाव हुने दाबी गरेका हुन्। 

‘चुनावको तयारीमा लागिहाल्नुस, उनले भने, ‘तोकिएकै समयमा चुनाव हुन्छ। एकदिन पनि पर सर्दैन।’

उनले राम्रा र नयाँ कामका लागि परम्परा तोड्नु नै राम्रो भएको बताएका छन्।  पशुपतिमा १ सय ४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले लेखेको कुरा उल्लेख गर्दै उनले भने, ‘चाँदीकै हाल्नुपर्थ्यो। सुनको हाल्नुहुन्न, परम्परा बिग्रिन्छ रे। म त्यस्तालाई सोध्न चाहन्छु, तपाईंको बुवा पण्डित तपाईँ किन पत्रकार हुनुभयो? पण्डितै भएको भए पो परम्परा बाँच्थयो। मेरो बुवा प्रधानमन्त्री थिए र म प्रधानमन्त्री भएँ। नयाँ कामका लागि परम्परा भत्काउनुपर्छ।’

उनले कतिपयले आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएकोप्रति आपत्ती जनाएका छन्। उनले जनकपुर–ढल्केबर ६ लेन सडक बनेपछि युवाहरु हातै छोडेर मोटरसाइकल चलाउन थालेको भन्दै मोटरसाइकल हातले समाएरै चलाउन आग्रह गरे।

प्रकाशित मिति: १४:३९ बजे, सोमबार, माघ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्