Kathmandu Press

नुवाकाेटमा उपप्रधानमन्त्री पोखरेल चढेको गाडीलाई लक्षित गरेर ढुंगा प्रहार

उपप्रधानमन्त्री ईश्वर पोखरेलमाथि प्रचण्ड–नेपाल समूहका नेता, कार्यकर्ताले ढुंगा प्रहार गरेका छन्। 
नुवाकाेटमा उपप्रधानमन्त्री पोखरेल चढेको गाडीलाई लक्षित गरेर ढुंगा प्रहार

काठमाडौं, माघ १९ : उपप्रधानमन्त्री ईश्वर पोखरेलमाथि प्रचण्ड–नेपाल समूहका नेता, कार्यकर्ताले ढुंगा प्रहार गरेका छन्। 

नुवाकोट पुगेका पोखरेल चढेको गाडीलाई लक्षित गर्दै उक्त समूहको कार्यकर्ताहरुले ढुंगा प्रहार गरेका हुन्।

आज नुवाकोटमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न उपप्रधानमन्त्री पोखरेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलगायतका नेताहरु सदरमुकाम विदुर पुगेका छन्।

पोखरेलको गाडीलाई लक्षित गर्दै ढुंगा प्रहार गरेपनि पोखरेलको गाडी छेउमा रहेको एक संस्थानको गाडीको सिसा फुटेको छ।

उक्त समूहका कार्यकर्ताले पोखरेललाई कालो झण्डा देखाउँदै विरोध जनाएका थिए। 
घटनापछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो, जसमा तीन जना प्रदर्शनकारी घाइते भएका छन्।

प्रकाशित मिति: १२:४५ बजे, सोमबार, माघ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्