Kathmandu Press

हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि प्रचण्ड–नेपाल समूहको नाराबाजी

काठमाडौं, माघ १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को (प्रचण्ड–नेपाल) समूहले हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि नाराबाजी गरेका छन्। बागमती प्रदेशसभाको बैठक बोलाउन माग गर्दै...
हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि प्रचण्ड–नेपाल समूहको नाराबाजी

काठमाडौं, माघ १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को (प्रचण्ड–नेपाल) समूहले हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि नाराबाजी गरेका छन्। बागमती प्रदेशसभाको बैठक बोलाउन माग गर्दै उक्त समूहले नाराबाजी गरेको हो। 

उनीहरूले ‘अल्पमतको सरकार राजीनामा दे’ भन्दै नारा लगाएका छन्।

आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने तयारी थियो। तर, सभामुख सानुकुमार श्रेष्ठले आइतबार राति बैठक फागुनको पहिलो सातासम्मका लागि स्थगित भएको सूचना जारी गरेपछि प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेका हुन्।

प्रकाशित मिति: १२:३३ बजे, सोमबार, माघ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्