सर्वोच्चमा प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
न्यायाधीश र सर्वोच्च अदालतलाई दाहालले सार्वजनिक रुपमा धम्की दिएको भन्दै हायुले मुद्दा दर्ता गराएका हुन् । मुद्दाको पेस मंगलबारका लागि तोकिएको छ ।काठमाडौं, माघ १९ : नेपाल कम्युस्टि पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्त समीर हायूले दाहालविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता गराएका हुन् ।
न्यायाधीश र सर्वोच्च अदालतलाई दाहालले सार्वजनिक रुपमा धम्की दिएको भन्दै हायुले मुद्दा दर्ता गराएका हुन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसमामुख दमननाथ ढुंगाना र पूर्वप्रधानन्यायाधीशहरु अनुपराज शर्मा, मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता भइसकेको छ ।
प्रकाशित मिति: १२:१० बजे, सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
