Kathmandu Press

कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडौं, माघ १९ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोडर्ले सोमबार बिहान नतिजा सार्वजनिक गरेको हो। आइतबार बसेको बोर्ड...
कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडौं, माघ १९ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोडर्ले सोमबार बिहान नतिजा सार्वजनिक गरेको हो। 

आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो।

प्रकाशित नतिजा अनुसार १ जनाको परीक्षाफल रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ।  कुल ४ लाख ३३ हजार २ सय ७१ मध्ये बाँकी परिक्षार्थी पास भएको बोर्डले जनाएको छ। 


बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो ।

कार्यविधिले ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गर्ने निर्णय गरेको हो।

परीक्षाफल हेर्नको लागि एनटीसी सिमबाट १६०१ मा डायल गरेर नतिजा हेर्न सकिने छ। 

प्रकाशित मिति: ११:३१ बजे, सोमबार, माघ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्