Kathmandu Press

केन्द्रीय समितिको बैठक अघि प्रचण्ड-नेपाल समूहको सचिवालय बैठक बस्दै

काठमाडौं, माघ १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड -नेपाल समूहको आज केन्द्रीय समिति बैठक बस्दैछ।केन्द्रीय समितिको बैठक बस्नुअघि उक्त समूहको सचिवालय बैठक...
केन्द्रीय समितिको बैठक अघि प्रचण्ड-नेपाल समूहको सचिवालय बैठक बस्दै

काठमाडौं, माघ १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड -नेपाल समूहको आज केन्द्रीय समिति बैठक बस्दैछ।

केन्द्रीय समितिको बैठक बस्नुअघि उक्त समूहको सचिवालय बैठक बसिरहेको छ। सचिवालयको बैठकमा केन्द्रीय कमिटी बैठकमा पेस गर्ने विषयबारे छलफल हुने एक नेताले बताए। 

सचिवालयका ९ सदस्यमध्ये प्रचण्ड नेपाल समूहमा ४ जना सदस्ुय रहेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव बिष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा ओली समूहमा छन् भने उपाध्यक्ष वामदेव गौतम कुनै समूहमा लागेका छैनन्।

बिहान ११ बजेको लागि बोलाइएको बैठक दुई घन्टापछि सर्दै दिउँसो १ बजेको लागि बोलाइएको छ। 
 

प्रकाशित मिति: १०:५३ बजे, सोमबार, माघ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्