Kathmandu Press

ला लिगा फूटबलमा बार्सिलोनाले एथलेटिकलाई हरायो 

ला लिगा फूटबलमा बार्सिलोनाले एथलेटिकलाई हरायो 

काठमाडौं, माघ १९ : स्पेनिस ला लिगा फूटबलमा बार्सिलोनाले एथलेटिकलाई हराएको छ। गएराति भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसी र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरेका थिए। एथलेटिकका लागि एक गोल बार्सिलोनाकै जोर्डी अल्बाले आत्मघाती गोल गरे । जितसँगै बार्सिलोना ला लिगाको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।

बार्सिलोनाको २० खेलमा ४० अंक भएको छ भने तेस्रो स्थानमा झरेको रियल म्याड्रिडको पनि २० खेलमा ४० अंक नै रहेको छ। त्यस्तै शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडको भने १९ खेलमा ५० अंक रहेको छ।

त्यस्तै एथलेटिक क्लबको २० खेलमा २४ अंक रहेको छ र लिगमा ११औ स्थानमा रहेको छ।

प्रकाशित मिति: ०८:५१ बजे, सोमबार, माघ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्