Kathmandu Press

सूचना टाँसेर बागमती प्रदेश सभा बैठक स्थगित, अविश्वास प्रस्ताव पनि पछाडि धकेलियो

हेटौडा, माघ १९ : बागमती प्रदेश सभाको बैठक सूचना टाँस गरी स्थगन भएको छ। यससँगै मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव पनि पछाडि धकेलिएको...
सूचना टाँसेर बागमती प्रदेश सभा बैठक स्थगित, अविश्वास प्रस्ताव पनि पछाडि धकेलियो

हेटौडा, माघ १९ : बागमती प्रदेश सभाको बैठक सूचना टाँस गरी स्थगन भएको छ। यससँगै मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव पनि पछाडि धकेलिएको छ।

आज दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको प्रदेश सभा सचिवालयद्वारा जनाइएको छ।

प्रदेश सभा सचिव कृष्णहरि खड्काका अनुसार विशेष कारण स्थगित गरिएको बैठक आगामी फागुन २ गते दिउँसो २ बजे बोलाइएको छ। माघ ९ गते बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित भएको थियो।

आगामी बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बताइएको छ।

बागमती प्रदेश सभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० सदस्य रहेका छन्। (रासस)

प्रकाशित मिति: ०८:४६ बजे, सोमबार, माघ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्