Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का

बैतडी, माघ १९ : सुदूरपश्चिम प्रदेशमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ।आज बिहान २ः३४ बजे बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको...
सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का

बैतडी, माघ १९ : सुदूरपश्चिम प्रदेशमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

आज बिहान २ः३४ बजे बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले बताए। भूकम्प ३.७ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाइएको छ।

यसैगरी आइतबार राति १२ः४६ बजे पनि नेपाल–भारत सीमा खलङ्गाको उत्तर पश्चिम १८ किलोमिटर टाढा आसपास केन्द्र भएर भूकम्प गएको दाहालले बताए। भूकम्प ३.६ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ।  

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

यसअघि गत पुस २८ गते दार्चुलाको सुनसेरा आसपास भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुस १९ गते पनि बैतडीको डिलाशैनी आसपास केन्द्र भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। (रासस)

प्रकाशित मिति: ०८:३७ बजे, सोमबार, माघ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्