इङ्गलिश प्रिमियर लिगमा लिभरपुल र चेल्सी विजयी, टोटनह्याम रोकियो
काठमाडौं, माघ १९ : इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वेष्टह्याम युनाइटेडलाई ३–१ गोल...
काठमाडौं, माघ १९ : इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वेष्टह्याम युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
वेष्टह्यामको मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई गोल गरे । जर्जिनियो विज्नाल्डमले एक गोल थपे । वेष्टह्यामका लागि क्रेग डसनले एक गोल फर्काए ।
यस्तै अन्य खेलमा चेल्सीले बर्नलीलाई २–० ले हराउँदा लिड्स युनाइटेडले लेस्टर सिटीलाई ३-१ ले हरायो । यस्तै ब्राइटन एन्ड हभ आल्बियनले टोटनह्याम हट्सपरलाई १–० ले हरायो । २० खेलबाट ४४ अंकसहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।
म्यान्चेस्टर युनाइटेड २१ खेलबाट ४१ अंकसहित दोस्रो स्थानमा छ । लिभरपुल २१ खेलबाट ४० अंकसहित तेस्रो स्थानमा पुगेको छ । यस्तै, २१ खेलबाट ३९ अंकसहित लेस्टर सिटी चौथो स्थानमा छ । वेष्टह्याम २१ खेलबाट ३५ अंकसहित पाँचौं स्थानमा छ ।
३३ अंकबाट टोटनह्याम छैटौं, समान अंकबाट चेल्सी सातौं स्थानमा रहेको छ ।











