प्रतिनिधिसभा विघटनका मुद्दामा आजबाट सरकारका तर्फबाट बहस हुने
काठमाडौं, माघ १९ : प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा १३ वटै रिटमाथिको आजदेखि सरकारका तर्फबाट बहस हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठन भएको...
काठमाडौं, माघ १९ : प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा १३ वटै रिटमाथिको आजदेखि सरकारका तर्फबाट बहस हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा आजबाट विपक्षीको तर्फबाट बहस सुरु हुन लागेको हो ।
हिजो सबै निवेदकको बहस सकिएपछि आजबाट विपक्षीको तर्फबाट बहस सुरु हुन लागेको हो । इजलासमा प्रधानन्यायाधीशसहित न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्लप्रधान र तेजबहादुर केसी छन्। आइतबार रिट निवेदकसमेत रहेका अधिवक्ताद्वय अमिता गौतम र कीर्तिनाथ शर्मा पौडेलले बहस गरेका थिए।
यस्तै, अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली, कलमबहादुर खत्री र मणिराम उपाध्यायले पनि बहस गरेका थिए। प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनहरुमाथि संवैधानिक इजलासमा पुस २२ देखि निरन्तर सुनुवाई हुँदै आएको छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपतिको कार्यालयका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले बहस गर्नेछ। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र सभामुखको तर्फबाट निजी कानुन व्यवसायीले पनि बहस गर्नेछन्।










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
