Kathmandu Press

सभामुख सापकोटाबाट संवैधानिक परिषद्को नियुक्ति सिफारिस फिर्ता 

'संसदीय सुनुवाइ हुन नसकेको कारणले गर्दा त्यहाँबाट प्राप्त हुन आएको सम्पूर्ण सक्कलै कागजात  फिर्ता पठाइएको छ,'  सापकाेटाकाे  पत्रमा उल्लेख छ ।
सभामुख सापकोटाबाट संवैधानिक परिषद्को नियुक्ति सिफारिस फिर्ता 

काठमाडौं, माघ १८ : संवैधानिक परिषद्ले संवैधानिक निकायहरुमा गरेको नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन् ।  सापकोटाले नियुक्ति सिफारिसविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन रहेको भन्दै संवैधानिक परिषद्मै नियुक्ति सिफारिस  फिर्ता पठाएका हुन् ।

'संसदीय सुनुवाइ हुन नसकेको कारणले गर्दा त्यहाँबाट प्राप्त हुन आएको सम्पूर्ण सक्कलै कागजात  फिर्ता पठाइएको छ,'  सापकाेटाकाे  पत्रमा उल्लेख छ ।

३० पुसमा  संवैधानिक परिषद्को बैठक बसेको थियो । सो बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र  विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित थिए । सो बैठकमा संवैधानिक अंगमा नियुक्तिको विषय नउठेको बताइए पनि  ५ पुसमा प्रतिनिधिसभा विघटन भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित अयोगलगायत ११ वटा संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको भन्दै संसद् सचिवालयमा पत्र पठाइएको थियो । 

प्रकाशित मिति: १६:१५ बजे, आइतबार, माघ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्