प्रतिनिधिसभा विघटन मुद्दामा सोमबारदेखि विपक्षीको बहस
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा विपक्षीको बहस भोलिदेखि सुरु हुने भएको छ । आजबाट सो मुद्दामा रिट निवेदकका तर्फबाट बहस सकिएकाले भोलिदेखि विपक्षीको बहस सुरु हुने भएको हो ।
काठमाडौं, माघ १८ : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा विपक्षीको बहस भोलिदेखि सुरु हुने भएको छ । आजबाट सो मुद्दामा रिट निवेदकका तर्फबाट बहस सकिएकाले भोलिदेखि विपक्षीको बहस सुरु हुने भएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटाालाई विपक्षी बनाइएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपति कार्यालयका तर्फबाट बहस गर्नेछन् । सभामुख सापकोटाका तर्फबाट भने निजी कानुन व्यवसायीले बहस गर्नेछन् ।
प्रकाशित मिति: १५:३७ बजे, आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
