Kathmandu Press

इजरालयमा ३० लाखले लिए कोरोनाविरुद्धको खोप

जेरुसेलम, माघ १८ : इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप लगाउने व्यक्तिको संख्या इजरायलमा ३० लाख नाघेको जनाएको छ। गत डिसेम्बर २० मा खोप...
इजरालयमा ३० लाखले लिए कोरोनाविरुद्धको खोप

जेरुसेलम, माघ १८ : इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप लगाउने व्यक्तिको संख्या इजरायलमा ३० लाख नाघेको जनाएको छ। 

गत डिसेम्बर २० मा खोप अभियान शुरु भएयता कूल जनसंख्याको करिब ३२ प्रतिशतले खोप लगाइसकेका छन्। इजरायलको जनसंख्या करिब ९३ लाख रहेको छ। 

मन्त्रालयका अनुसार ७० वर्ष र सोभन्दा बढी उमेरका ९० प्रतिशतभन्दा बढी व्यक्तिले खोप लिइसकेका छन्। इजरायलमा कोभिड–१९ बाट संक्रमितको कूल संख्या ६ लाख ४० हजार नाघेको छ जसमध्ये ७२ हजार व्यक्तिमा सक्रिय संक्रमण छ। 

इजरायलमा कोभिड–१९ संक्रमितमध्ये चार हजार ७४५ जनाको मृत्यु भएको छ भने गम्भीर अवस्थामा रहेका व्यक्तिको संख्या एक हजार १६२ छ। कोभिड–१९ संक्रमितमध्ये पाँच लाख ६४ हजार संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति: १४:४८ बजे, आइतबार, माघ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्