कोरोना संक्रमणको कारण विदेशमा रहेका थप तीन नेपालीको मृत्यु
काठमाडौं, माघ १८ : कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा रहेका तीन...
काठमाडौं, माघ १८ : कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा रहेका तीन जना नेपालीको कोरोना संक्रमणको कारण मृत्यु भएको हो।
योसहित विदेशमा कोरोना संक्रमणका कारण विदेशमा रहेका नेपालीका मृत्यु हुनेको संख्या ३ सय ३० जना पुगेको छ।
त्यस्तै, शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५५ हजार ७ सय ९३ जना कोरोना मुक्त भएका छन्। यो कुल संक्रमितको ९४ प्रतिशत हो।
गैरआवासीय नेपाली संघको अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।
प्रकाशित मिति: ११:५७ बजे, आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
