तीन दिनमै फेरियो प्रधानमन्त्रीको बोली, ‘तीन महिनाभित्र सबै नागरिकले खोप नपाउने’
काठमाडौं, माघ १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकलाई तीन महिनाभित्र खोप उपलव्ध गराउन नसकिने बताएका छन्। शनिबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले...काठमाडौं, माघ १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकलाई तीन महिनाभित्र खोप उपलव्ध गराउन नसकिने बताएका छन्।
शनिबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले तीन महिनामा फ्रन्टलाइनमा रहेका नागरिकलाई मात्र खोप उपलव्ध हुने बताएका हुन्।
भारतले तीन दिन अघि उपलव्ध गराएको कोरोनाविरुद्धको खोप अभियानको उद्घाटनको क्रममा उनले तीन महिनाभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप उपलव्ध गराउने बताएका थिए। तर शनिबार नै उनले बोली फेर्दै भारतबाट प्राप्त १० लाख खोप फ्रन्ट लाइनमा रहेकालाई लगाउन सुरु गरिएको बताउँदै सन् २०२१ भित्र सबै नागरिकलाई खोप पुर्याउने बताएका हुन्।
उनले भने, ‘कोरोना खोप लगाउने अभियान अगाडि बढिरहेको छ, फ्रन्ट लाइनमा रहेर कठिनाइ झेलेकाहरूलाई खोप दिलाउने काम आगामी तीन महिनाभित्र सम्पन्न गर्नेछौं’, प्रधानमन्त्री ओलीले शनिबार चितवनमा आयोजित एक कार्यक्रममा भने, ‘बाँकी जनतालाई क्रमशः सन् २०२१ भित्र खोप लगाइसकेर कोभिड– १९ लाई हामी नेपालबाट भगाउँछौं।’
नेपालले कोभिशिल्ड खोपलाई मान्यता दिएर भारतबाट तत्कालका लागि १० लाख खोप अनुदानमा ल्याएपनि त्यसबाहेक अन्य मूलुकसँग खोपबारे केही टुंगो लाउन सकेको छैन।










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
