Kathmandu Press

माइतीघरको धर्नामा प्रचण्ड-नेपाल पनि सहभागी हुँदै

काठमाडौं, माघ १८ : काठमाडौंस्थित माइतीघर मण्डलामा जारी नेकपाको प्रचण्ड-नेपाल समूहको धर्ना कार्यक्रममा अध्यक्षद्वय पनि सहभागी हुने भएका छन्। आइतबारको धर्ना कार्यक्रममा नेकपाका अध्यक्षद्वय...
माइतीघरको धर्नामा प्रचण्ड-नेपाल पनि सहभागी हुँदै

काठमाडौं, माघ १८ : काठमाडौंस्थित माइतीघर मण्डलामा जारी नेकपाको प्रचण्ड-नेपाल समूहको धर्ना कार्यक्रममा अध्यक्षद्वय पनि सहभागी हुने भएका छन्। 

आइतबारको धर्ना कार्यक्रममा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल दिउँसो १२ बजे सहभागी हुने भएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम खारेजीको माग गर्दै प्रचण्ड–नेपाल पक्षका संघीय एवं प्रदेश सांसद तथा तत्कालीन संविधान सभाका सदस्य ४ दिनदेखि लगातार धर्नामा बसेका छन्।

साथै, विरोध स्वरुप यही माघ २८ गते प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा बृहत विरोध सभा गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: ११:३१ बजे, आइतबार, माघ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्