भुलवस श्री ५ भनेको भन्दै मन्त्री थापाले मागे माफी
काठमाडौं, माघ १८ : खानेपानी मन्त्री मणि थापाले आफूले श्री ५ को सरकार भनेकोमा माफी मागेका छन्।उनले शनिबार सुर्खेतको एक कार्यक्रममा नेपाल सरकारको...
काठमाडौं, माघ १८ : खानेपानी मन्त्री मणि थापाले आफूले श्री ५ को सरकार भनेकोमा माफी मागेका छन्।
उनले शनिबार सुर्खेतको एक कार्यक्रममा नेपाल सरकारको सट्टा श्री ५ को सरकार भन्ने शव्द प्रयोग गरेका थिए।
उनले आइतबार सामाजिक सञ्जालमा आफूले भुलवस ती शव्द प्रयोग भएको भन्दै माफी मागेका हुन्।
‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नु पर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ। आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै द्वुविधा नराखिदिनुहुन अनुरोध गर्दछु। मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु। भुलवस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु।’
शनिबार सुर्खेतको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले ‘सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आशिन हुनुहुन्छ। र सुर्खेतका आदरणीय जनसमुदायहरू, म सबैलाई नेकपा स्थायी कमिटीको तर्फबाट र श्री ५ को सरकारबाट... ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईहरूलाई लालसलाम भन्न चाहन्छु।’ भन्ने अभिव्यक्ति प्रश्तुत गरेका थिए।










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
