आजको मौसम: केहि स्थानमा हल्का हिमपात
काठमाडौं, माघ १८ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।महाशाखाले अहिले देशभरको मौसमको अवस्थाबारे जानकारी...
काठमाडौं, माघ १८ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।
महाशाखाले अहिले देशभरको मौसमको अवस्थाबारे जानकारी दिँदै देशको पहाडी भूभागका थोरै स्थानहरुमा र तराईका अधिकांश भूभागहरुमा हुस्सु र कुहिरो लागेको बताएको छ । भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, आज दिउँसो प्रदेश न. १ को पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ। राति देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
यता, प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ। यसैबीच आज बिहान ५ः४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम १.८ डिग्री मापन गरिएको छ ।
यो शनिबारको भन्दा झण्डै १ डिग्रीले कम हो । शनिबार उपत्यकाको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस थियो ।










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
