ला लिगामा साविक विजेता रियल पराजित

काठमाडौं, माघ १८ : स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता रियल मड्रिड पराजित भएको छ । शनिबार राति भएको खेलमा रियल लेभान्टेसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
खेलको नवौं मिनेटमा इडर मिलिटाओले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको रियल खेलमा पनि दबाबमा परेको थियो । खेलको १३ औँ मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १-० को अग्रता दिलाए ।
यस्तै ३२ औँ मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा फर्काए । तर खेलको ७८ औँ मिनेटमा रोजर्सले गोल गर्दै लेभान्टेलाई २-१ को जित दिलाए ।
हारसंगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडविरुद्ध अंक दूरी कम गर्ने मौका गुमाएको छ । दोस्रो स्थानको रियलले २० खेलमा ४० अंक जोडेको छ । पछिल्लो जितपछि लेभान्टे २६ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ ।
प्रकाशित मिति: ०७:०३ बजे, आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











