Kathmandu Press

काठमाडौंमा बर्डफ्लु भेटियो, हाँस फार्म सिल

काठमाडौं, माघ १७ : काठमाडौंको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ।बर्डफ्लु पुष्टि भएपछि एक हजार...
काठमाडौंमा बर्डफ्लु भेटियो, हाँस फार्म सिल

काठमाडौं, माघ १७ : काठमाडौंको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ।

बर्डफ्लु पुष्टि भएपछि एक हजार आठ सय ६५ हाँस, ६ सय २२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, पाँच सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए।

बर्डफ्लु पुष्टि भएसँगै आज स्वास्थ्य सेवा विभाग, पशु सेवा विभाग र तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाको संयुक्त टोलीका साथै नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा उक्त फार्मलाई सिल गरिएको छ।

अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ। बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन’ छर्ने काम भइरहेको प्रमुख रायले बताए।

प्रकाशित मिति: २०:३० बजे, शनिबार, माघ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्