स्रोत नखुलेको नेपाली र अमेरिकी मुद्रा बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको १० लाख रुपैयाँ र एक हजार पाँच सय अमेरिकी डलर बरामद भएको छ।
काठमाडौं, माघ १७ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको १० लाख रुपैयाँ र एक हजार पाँच सय अमेरिकी डलर बरामद भएको छ।
उक्त नगदसहित काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने २८ वर्षीय आशिष खाती क्षत्रीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
नेपाल वायु सेवा निगमको उडानबाट दुबई जान लागेका क्षत्रीलाई जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:१२ बजे, शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
