Kathmandu Press

हिंसाका कारण अफ्रिकामा दुई महिनामा दुई लाख विस्थापित

अफ्रिकाबाट विस्थापित भएका २ लाखमध्ये ९० हजारभन्दा बढी कंगोमा विस्थापित भएका र अन्य क्यामरुन, चादलगायतका देशमा शरणार्थी जीवन बिताइरहेको संयुक्त राष्ट्र संघले जनाएको छ ।
हिंसाका कारण अफ्रिकामा दुई महिनामा दुई लाख विस्थापित
Hardik ivf

जुवा, माघ १७ : अत्यधिक असुरक्षा र हिंसात्मक घटनाका कारण अफ्रिकाबाट दुई महिनामा दुई लाख मानिस विस्थापित भएका छन् । अफ्रिकाबाट विस्थापित भएका २ लाखमध्ये ९० हजारभन्दा बढी कंगोमा विस्थापित भएका र अन्य क्यामरुन, चादलगायतका देशमा शरणार्थी जीवन बिताइरहेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

‘राजनीतिक विवाद र सशस्त्र द्वन्द्वका कारण मध्य अफ्रिकाका हजारौं मानिस विस्थापित भएका छन्,’ नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डुजार्रिकले भने, ‘विस्थापितमध्ये महिला र बालबालिकाको संख्या धेरै छ ।’

विस्थापितहरुले शरण लिएको कंगो, चादलगायतका देशहरु पनि आफैँ समस्याग्रस्त रहेकाले थप जटिलता उत्पन्न भएको उनले बताए । राष्ट्रसंघको शरणार्थी सम्वन्धी निकायले पनि दशौं हजार विस्थापित शरणार्थीहरुलाई खाने, बस्ने, लगाउने सहित स्वास्थ्य सेवाको पनि आवश्यकता रहेको जनाएको छ ।

प्रकाशित मिति: १७:०७ बजे, शनिबार, माघ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्