Kathmandu Press

चीनमा भेटिए कोरोनाका नयाँ संक्रमित

बेइजिङ, माघ १७ : कोरोना भाइरसको उद्गम स्थल चीनमा नयाँ संक्रमित भेटिएका छन् । चीनमा शुक्रबार कोरोना भाइरसका ५२ जना नयाँ संक्रमित भेटिएको...
चीनमा भेटिए कोरोनाका नयाँ संक्रमित
सांकेतिक तस्वीर।


बेइजिङ, माघ १७ : कोरोना भाइरसको उद्गम स्थल चीनमा नयाँ संक्रमित भेटिएका छन् । चीनमा शुक्रबार कोरोना भाइरसका ५२ जना नयाँ संक्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ ।

चीनभित्रै पनि संक्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । शुक्रबार मात्र चीनमा कोरोना भाइरसका ५२ संक्रमितमध्ये ३६ जना चीनभित्रै संक्रमित भएका पाइएको छ । बाँकी १६ जना विदेशबाट आएका नागरिक हुन् ।

Hardik ivf

स्थानीय नागरिकमै संक्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको छ । चीनले कोरोना निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ ।

शुक्रबार भेटिएका संक्रमितमध्ये अधिकांश हुबे प्रान्तका छन् । नयाँ संक्रमतिमध्ये केही हेलिङजाङ, हेइबेइ, संघाइ र बेइजिङका पनि छन् । चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।

प्रकाशित मिति: १५:४८ बजे, शनिबार, माघ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्