सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : खतिवडा
कास्की, माघ १७ : प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने पैmसला नेपाली कांग्रेसलाई मान्य हुने नेता रामहरि खतिवडाले बताएका छन् । प्रेस युनियन...
कास्की, माघ १७ : प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने पैmसला नेपाली कांग्रेसलाई मान्य हुने नेता रामहरि खतिवडाले बताएका छन् । प्रेस युनियन कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खतिवाडले प्रतिनिधिसभा विघटनका सम्बन्धमा सर्वोच्चले जस्तो फैसला गरेपनि त्यो आफूहरुका लागि मान्य हुने बताएका हुन् ।
उनले कांग्रेस विधि र प्रक्रियाअनुसार चल्ने पार्टी भएकाले अदालतको निर्णयलाई शीरोधार्य गर्ने उल्लेख गरे । उनले भने, ‘लामो समयदेखिको संघर्षको उपलब्धिस्वरुप प्राप्त संविधानको रक्षा गर्नु सबैको कर्तव्य हो । संविधानको विरुद्धमा हुने जुनसुकै गतिविधि कांग्रेसका लागि मान्य हुँदैन ।’
मुलुकमा निर्वाचन भएमा पार्टीको महाधिवेशन भदौमा हुने र प्रतिनिधिसभा पुनःस्थापना भएको अवस्थामा भने आगामी जेठ महिनामा हुने नेता खतिवडाको भनाइ छ ।
प्रकाशित मिति: १३:३९ बजे, शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
