टि–२० सिरिजका लागि प्रारम्भिक टिमको घोषणा, पारस र ज्ञानेन्द्र र सन्दीप परेनन्
नेपाल क्रिकेट संघ (क्यान)ले कतारमा आयोजना हुने बाइल्याट्रल टि–२० सिरिजको लागि प्रारम्भिक टिमको घोषण गरेको छ । क्यानले शुक्रबार प्रतियोगिताका लागि १८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो ।
काठमाडौं, माघ १६ : नेपाल क्रिकेट संघ (क्यान)ले कतारमा आयोजना हुने बाइल्याट्रल टि–२० सिरिजको लागि प्रारम्भिक टिमको घोषण गरेको छ । क्यानले शुक्रबार प्रतियोगिताका लागि १८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो ।
करिब एक दशकपछि नेपाली राष्ट्रिय क्रिकेट टिम पारस खड्का र ज्ञानेन्द्र मल्लबिहीन हुने भएको छ भने नेपाली टिममा सन्दीप लामिछाने र शरद भेषावकर पनि हुने छैनन् । बन्द प्रशिक्षणका लागि क्यानले सिरियर क्यानले पारस, ज्ञानेन्द्र, सन्दीप र शरदविनै नेपाली टिमको घोषणा गरेको हो ।
क्यानले घोषणा गरेको टिमा विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, आसिफ सेख, कुशल मल्ल, सागर ढलका र दीपेन्द्रसिंह ऐरी छन् । यस्तै, कुशल भुर्तेल, विवेक यादव, लोकेश बम, कमलसिंह ऐरी, भुवन कार्की, अविनाश बोहरा, पवन सर्राफ, कृष्ण कार्की र साहब आलमले नेपाली टिममा स्थान बनाएका छन् । यस्तै, घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै विस्फोटक ब्याट्सम्यानको छवि बनाएका सौरभ खनाल पनि पहिलो पटक टिममा परेका छन् ।
क्यानले कप्तानको जिम्मेवारी भने कसैलाई दिएको छ । नेपाली टिमको नियमित उपकप्तान रहेकाले दीपेन्द्रले नेपाली टिमको कप्तानी गर्न सक्नेछन्।
गत मंगलबार बसेको क्यानको बोर्ड बैठक प्रतियोगितामा सहभागी हुने निर्णय गरेको थियोे । प्रतियोगिता कतार स्पोर्टस डेका अवसरमा फेब्रअरी ९–१२ सम्म कतारमा आयोजना हुँदै छ । नेपाली टिमको बन्द प्रशिक्षण आतबारबाट सुरु हुनेछ।












