Kathmandu Press

पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो

दक्षिण अफ्रिकाविरुद्धको सिरिजको पहिलो टेस्टमा घरेलु टोली पाकिस्तान विजयी भएको छ । कराँचीमा भएको पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकामाथि ७ विकेटको सहज जित निकालेको हो।
पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौं, माघ १६ : दक्षिण अफ्रिकाविरुद्धको सिरिजको पहिलो टेस्टमा घरेलु टोली पाकिस्तान विजयी भएको छ । कराँचीमा भएको पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकामाथि ७ विकेटको सहज जित निकालेको हो।

अफ्रिकाले दिएको ८८ रनको सामान्य लक्ष्य पाकिस्तानले ३ विकेटको क्षतिमा भेट्टायो । उसका लागि अझर अलीले ३१ रन बनाउँदा कप्तान बाबर अजामले ३० रनको योगदान दिए । दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले २ विकेट लिए। 

दोस्रो  इनिङमा दक्षिण अफ्रिकालाई २४५ रनमै अलआउट गरेपछि पाकिस्तानले ८८ रनको सामान्य लक्ष्य पाएको थियो । दोस्रो इनिङमा अफ्रिकाका एडिन मकरमले सर्वाधिक ७४ रन बनउँदा रस्सिइ भार डेर डुसानले ६४ र टेम्बा बाभुमाले ४० रनको योगदान दिए । पाकिस्तानका नउमन अलीले ५ तथा यासिर साहले ४ विकेट लिए। 
दक्षिण अफ्रिका पहिलो इनिङमा पनि ब्याटिङमा सघंर्षरत रह्यो । उसले पहिलो इनिङमा २२० रन मात्र बनाउन सक्यो । उसका इएन इल्गरले ५८ रन बनाउनु बाहेक जर्ज लिन्डेले ३५ रन बनाए। पाकिस्तानका यासिर साहाले ३ विकेट लिए। 

फवाद अलामले शतक बनाएपछि पाकिस्तानले पाहिलो इनिङमा३७८ रन बनायो । २४५ बल खेलेका अलामले ९ चौका र २ छक्का प्रहार गर्दै १०९ रन बनाए । यस्तै फहिम असरफले ६४ र अझर अलीले ५१ रनको योगदान दिए । दक्षिण अफ्रिकाका केशव महाराज र कागिसो रबाडाले समान ३ विकेट लिए।

दुई खेलको सिरिजको अन्तिम टेस्ट राउलपिन्डीमा फेब्रुअरीमा ४बाट सुरु हुनेछ । पाकिस्तान र दक्षिण अफ्रिकाबीच तीन खेलको टि–२० सिरिज पनि हुने छ । टि–२० सिरिज ११ फेब्रुअरीबाट सुरु हुनेछ।

प्रकाशित मिति: २०:०२ बजे, शुक्रबार, माघ १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्