टि–१० लिगमा करणको टिम ९ विकटले पराजित
युएईमा जारी टि–१० लिग क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेटर करण केसीको टिम पुने डेभिल्स पराजित भएको छ । शुक्रबार अबुधाबीमा भएको खेलमा करणको टिम पुने कलन्दर्ससँग ९ विकेटले पारजित भएको हो ।
काठमाडौं, माघ १६ : युएईमा जारी टि–१० लिग क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेटर करण केसीको टिम पुने डेभिल्स पराजित भएको छ । शुक्रबार अबुधाबीमा भएको खेलमा करणको टिम पुने कलन्दर्ससँग ९ विकेटले पारजित भएको हो ।
पुनेको यो पहिलो हार हो । यसअघि बिहीबार भएको उद्घाटन खेलमा पुनेले डेकन ग्लाडियटर्सलाई ७ विकेटले हराएको थियो । यता, कलन्दर्सको भने यो पहिलो खेल हो ।
पहिला ब्याटिङ गर्दै पुनेले दिएको १०८ रनको लक्ष्य कलन्दर्सले ७।१ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो । उसका लागि टम बान्टोनले सर्वाधिक ४५ रन बनाए । उनले १८ बलमा समान ४ चौका र छक्का प्रहार गरे । यस्तै, कप्तान सोएल अख्तरले १३ बलमा ३३ रन बनाउँदा सर्जिल खानले १३ बलमा २७ रनको योगदान दिए ।
पुनेका लागि एक मात्र विकेट मुनिस अन्सारीले लिए । उत्कृष्ट बलिङ गरे पनि करण केसी विकेटबिहीन रहे । उनले १ ओभरमा ९ रन मात्र खर्चिए । करण लगातार दोस्रो खेलमा प्लेइङ सेट परेका हुन् । पहिलो खेलमा पनि उनी विकेटबिहीन भएका थिए।
यअसघि पहिला ब्याटिङ गरेको पुनले निर्धारित ओभरमा २ विकेट गुमाउँदै १०७ रन बनायो । उसका टम क्याडमोरले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५४ रन बनाए भने डार्विस रसोलीले २४ बलमा ३९ रन बनाए । कलन्दर्सका सुल्तान अहमद र क्रिस जोर्डनले समान १ विकेट लिए।
टि–१० लिगलमा अन्य दुई नेपाली खेलाडी कुशल मल्ल र सोमपाल कामीको टिमको खेल पनि आजै छ । सोमपालको टिम मराठा अरबियन्सले दिल्ली बुल्सको सामाना गर्ने छ भने कुशलको टिम टिम अबुधाबीले डेकन ग्लाडियटर्सको सामना गर्ने छ । टिम अबुधाबीको यो पहिलो खेल हो भने मराठाको यो दोस्रो खेल हो । उसले पहिले खेलमा नर्दन वारियर्सलाई ५ विकेटले हराएको थियो । सो खेलमा सोमपाल प्लेइङ सेटमा थिए, तर उनी विकेटबिहीन रहे।











