Kathmandu Press

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं, माघ १६ : नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर कोरोना संक्रमणबाट ५ जनाको...
कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं, माघ १६ : नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको हो।

योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ। 

त्यस्तै, यो अवभिमा देशभर थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ। 

त्यस्तै, शुक्रबार ३३३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ। 
 

प्रकाशित मिति: १६:२८ बजे, शुक्रबार, माघ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्