थप १५७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, माघ १६ : नेपालमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर १५७ जनामा संक्रमण पुष्टि...
काठमाडौं, माघ १६ : नेपालमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर तीन हजार २२१ जनामा पीसीआर परीक्षण गर्दा थप १५७ जनामा संक्रमण पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ।
त्यस्तै, यो अवधिमा ३३३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये १४७ जनाको आइसियू र २७ जनाको भेन्टिलेरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: १६:२३ बजे, शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
