Kathmandu Press

प्रधानमन्त्रीमाथि थापाको व्यंग्य– शास्त्र नपढेर अस्त्र चलाउन जानेनन्

थापाले शान्तिवाटिकामा आयोजित विरोध सभामा सम्बोधन गर्दै प्रधानमन्त्रीले शास्त्र नपढेकाले अस्त्र चलाउन नजानेको भन्दै व्यंग्य गरेका हुन् ।
प्रधानमन्त्रीमाथि थापाको व्यंग्य– शास्त्र नपढेर अस्त्र चलाउन जानेनन्

काठमाडौं, माघ १६  : नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि  शास्त्र नपढेर अस्त्र चलाउन नसकेको भन्दै व्यंग्य गरेका छन् । थापाले शान्तिवाटिकामा आयोजित विरोध सभामा सम्बोधन गर्दै प्रधानमन्त्रीले शास्त्र नपढेकाले अस्त्र चलाउन नजानेको भन्दै व्यंग्य गरेका हुन् ।

थापाले घरनिर्माणको सन्दर्भमार्फत ओलीमाथि व्यंग्य प्रहार गरे । उनले घर बनाउने जिम्मा पाएका प्रधानमन्त्रीले  घर बनाउन नसकेर घरको जग खनेको  दाबी गरे ।

उनले भने, ‘संसद् विघटन मात्र होइन, संविधानको विघटन हो । केपी शर्मा ओलीले घर बनाउने मौका पाउनुभयो । तर घर बनाउन सक्नुभएन ।  शास्त्र नपढेकाले अस्त्र चलाउन जानेनन् । घर बनाउन नसक्नेले त्यही जगमा हान्न थाले ।’ 

प्रधानमन्त्री जनताबाट प्रशंसित भइरहेको भ्रममा रहेको समेत थापाको दाबी छ । उनले भने, ‘प्रधानमन्त्रीलाई लागिरहेको छ, जनताले मेरो प्रशंसा गरिरहेका छन् ।’
प्रधानमन्त्रीको कदमको प्रशंसा नभएको थापाको जिकिर छ । उनले ओली समर्थकसमेतलाई व्यंग्य गरे ।

प्रकाशित मिति: १५:४८ बजे, शुक्रबार, माघ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्