Kathmandu Press

संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसले लगाए कोभिडविरुद्धको खोप

संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसले लगाए कोभिडविरुद्धको खोप

न्युयोर्क, माघ १६ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लगाएका छन्। 

गुटेर्रेसले ट्वीटरमार्फत आफू भाग्यशाली र कृतज्ञ भएको बताउँदै उक्त कुराको जानकारी गराएका हुन्। साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई यो पनि खोप सबैको लागि यथोचित रुपमा उपलब्ध गराउन लागि सुनिश्चित गर्नुपर्ने बताएका छन्। 

‘यस महामारीबाट हामी कोही पनि सुरक्षित छैनौं, त्यसैले हामीले विश्वका जति देशलाई यो महामारीले सताएको छ त्यहाँ यो खोप पुगोस भनी कामना गर्दछौँ– गुटेर्रेसले लेखेका छन्। उमेरका आधारमा खोप लिन आफू योग्य भएको पनि ७१ वर्षीय गुटेर्रेसले बताएका छन्। न्युयोर्कका ६५ वर्षभन्दा माथिका बासिन्दाहरूलाई यो खोपको पहिलो चरणमा समावेश गरिएको छ। 

यस खोप अभियानमा विद्यालयका कर्मचारीहरु पनि समावेश भएका छन्। प्रतिक्रियाकर्ताहरू, सार्वजनिक ट्रान्जिट काम गर्नेहरू र किराना पसलमा काम गर्ने कामदारहरू पनि यो खोप अभियानमा समावेश गरिएको सो रिपोर्टले जनाएको छ। 

उनले गत महिनामात्र यो खोप आफूले पनि लिने भनी घोषणा गरेका थिए। वृद्धवृद्धाहरुा लागि खोप झन् असुरक्षित हुन्छ कि भन्ने त्रास रहेकोले उनले आफूले खोप लिने घोषणा गरेका थिए।

प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, माघ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्