आयोगसँग दल दर्ता र निर्वाचनको तयारीबारे मात्रै छलफल भयो : नेम्वाङ
निर्वाचन आयोगसँगको छलफलपछि ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगसँग दल दर्ता र निर्वाचनको तयारीका सन्दर्भमा मात्र छलफल भएको बताए ।
काठमाडौं, माघ १६ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले निर्वाचन आयोगसँग आज दल दर्ता र निर्वाचनको तयारी सन्दर्भमा छलफल गरेको छ । निर्वाचन आयोगसँगको छलफलपछि ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगसँग दल दर्ता र निर्वाचनको तयारीका सन्दर्भमा मात्र छलफल भएको बताए ।
उनले भने, ‘आज दल दर्ता र निर्वाचनको तयारीसम्बन्धी मात्रै छलफल भयो ।’
नेम्वाङले तोकिएकै समयमा निर्वाचन हुने बताए । उनले भने, ‘यो सन्दर्भमा निर्वाचन आयोगलगायत हामी सबै निर्वाचनमा लाग्नुबाहेक अरु विकल्प छैन । समयमै निर्वाचन गर्छौ । दल दर्तासम्बन्धी प्रक्रियामा सहभागी हुन्छौँ ।’
निर्वाचन आयोगले बिहीबार नेकपाका दुवै समूहलाई पत्रचार गर्दै निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न शुक्रबार बिहान ११ बजे बोलाएको थियो । तर, दाहाल–नेपाल समूह छलफल केही दिन पछि गर्न निर्वाचन आयोगसँग आग्रह गरेर छलफलमा सहभागी भएन ।










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
