Kathmandu Press

केही दिनपछि छलफल गर्न प्रचण्ड-नेपाल समूहकाे निर्वाचन आयोगसँग आग्रह

काठमाडाैं, माघ १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहले छलफल केही दिन पछि गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ। प्रचण्ड-नेपाल समूह अध्यक्षद्धय...
केही दिनपछि छलफल गर्न प्रचण्ड-नेपाल समूहकाे निर्वाचन आयोगसँग आग्रह

काठमाडाैं, माघ १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहले छलफल केही दिन पछि गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ। 

प्रचण्ड-नेपाल समूह अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ १८ गतेसम्म उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेको भन्दै केही दिनपछि छलफल गर्न आयोगलाई आग्रह गरेको हो। 

नेकपाका नेता लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधानले आयोगमा पुगेर बुझाएको पत्रमा निर्वाचन सम्बन्धि छलफलमा अध्यक्ष स्वयंम उपस्थित हुन चाहेकाले  १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न आयोगलाई आग्रह गरेको छ। 

आयोगले बिहीबार दुवै समूहलाई पत्रचार गर्दै निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न शुक्रबार बिहान ११ बजे बोलाएको थियो।

उनीहरुले १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न आयोगलाईपत्रमार्फत अनुरोध गरेका छन्।

प्रकाशित मिति: १२:२२ बजे, शुक्रबार, माघ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्