Kathmandu Press

प्रतिनिधि सभा विघटनविरूद्ध आजपनि कांग्रेसको विरोध प्रदर्शन 

काठमाडौं, माघ १६ : प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेसले आज पनि प्रदर्शन गर्न लागेको छ। शुक्रबार दिउँसो १ बजेको प्रदर्शनपछि शान्ति बाटिकामा सभा गर्ने...
प्रतिनिधि सभा विघटनविरूद्ध आजपनि कांग्रेसको विरोध प्रदर्शन 

काठमाडौं, माघ १६ : प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेसले आज पनि प्रदर्शन गर्न लागेको छ। 

शुक्रबार दिउँसो १ बजेको प्रदर्शनपछि शान्ति बाटिकामा सभा गर्ने कार्यक्रम कांग्रेसले तय गरेको छ। 

आन्दोलनरत कांग्रेसको विरोध सभालाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरू गगन थापा, पुष्पा भुसाल, प्रदीप पौडेल, उमाकान्त चौधरी, शिव हुमागाईं, भीमसेनदास प्रधान, सबुजकृष्ण बानियाँलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

प्रधानमन्त्री ओलीले असंवैधानिक तथा अलोकतान्त्रिक तवरले प्रतिनिधि सभा विघटन गरेको भन्दै पुष ५ देखि कांग्रेसले विभिन्नविरोध प्रदर्शनहरु गर्दै आएको छ। 
 

प्रकाशित मिति: ११:५८ बजे, शुक्रबार, माघ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्