बालुवाटार घेराउदेखि मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने अनेरास्ववियूको घाेषणा
काठमाडौं, माघ १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समूहका विद्यार्थी संगठनले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। संसद विघटनको विरोधमा...
काठमाडौं, माघ १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समूहका विद्यार्थी संगठनले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
संसद विघटनको विरोधमा आन्दोलनरत समूहले बालुवाटार घेराउदेखि मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्नेसम्मका कार्यक्रम तय गरेको हो।
अनेरास्ववियूको रञ्जित तामाङ खेमाका विद्यार्थीहरुले माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने निर्णयसमेत गरेको छ।
साथै, तेस्रो चरणको आन्दोलन आगामी फागुन २ गतेसम्म हुने र यो चरणमा बालुवाटार घेराउदेखि प्रतिगमनकारी मन्त्रीहरुलाई सामाजिक बहिस्कार गर्ने लगायतका कार्यक्रम रहेको जनाएको छ।
यसअघि अनेरास्ववियूले पहिलो र दोस्रो चरणको आन्दोलनमा सडक बहस, बयलगाडा र्याली, लालटिन जुलुस, व्यंग्यात्मक कार्टुन प्रदर्शनी लगायतका कार्यक्रम गरिसकेको छ।
प्रकाशित मिति: १०:५८ बजे, शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
