नेपालमा न्युन चापीय प्रणालीको प्रभाव, केहि स्थानमा हिमपातको सम्भावना
काठमाडौं, माघ १६ : नेपालमा न्युन चापीय प्रणालीको प्रभाव परेको छ ।भारतको राजस्थान, आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव...
काठमाडौं, माघ १६ : नेपालमा न्युन चापीय प्रणालीको प्रभाव परेको छ ।
भारतको राजस्थान, आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव को आंशिक प्रभाव परेको हो । सोही प्रभावले आज पनि तराईमा बाक्लो हुस्सु लागेको छ ।
पहाडी भेगमा आंशिक बदलीको अवस्था छ भने अन्यत्रको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस छ ।
दिउँसो उपत्यकाको तापक्रम २० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको पूर्वानुमान छ । महाशाखाले जारी गरेको तीनको मौसम पूर्वानुमान वुलेटिनमा आज दिउँसो र राति देशका विभिन्न स्थानमा हल्का हिमपातको सम्भावना छ ।
प्रकाशित मिति: ०८:३२ बजे, शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
