Kathmandu Press

लिभरपुल प्रिमियर लिगको चौथो स्थानमा उक्लियो

काठमाडौं, माघ १६ : इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटनह्याम हट्सपरलाई ३–१ ले हराएको छ ।टोटनह्यामको घरेलु मैदानमा गएराति भएको खेलमा लिभरपुललाई विजयी...
लिभरपुल प्रिमियर लिगको चौथो स्थानमा उक्लियो

काठमाडौं, माघ १६ : इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटनह्याम हट्सपरलाई ३–१ ले हराएको छ ।

टोटनह्यामको घरेलु मैदानमा गएराति भएको खेलमा लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मिनो, ट्रेन्ट अलेक्जेण्डर आर्नोल्ड र सादियो मानेले एक एक गोलो योगदान गरे । टोटनह्यामका होएबर्गले एक गोल फर्काए ।

खेलसँगै लिभरपुल २० खेलबाट ३७ अंक जोड्दै प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । लिभरपुल शिर्ष स्थानको म्यान्चेस्टर सिटीभन्दा ४ अंकले पछि परेको छ ।

एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ४१ अंक रहँदा ४० अंकसहित म्यान्चेस्टर युनाईटेड दोस्रो तथा ३९ अंक जोडेको लेष्टर सिटी तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: ०७:१९ बजे, शुक्रबार, माघ १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्