Kathmandu Press

वीर सहिदप्रति श्रद्धा सुमन प्रकट गर्दै आज सहिद दिवस मनाईदैं

काठमाडौं, माघ १६ : प्रजान्त्रका लागि प्राण बलिदानी दिने वीर सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै आज माघ १६ गते सहिद दिवस मनाइँदैछ।प्रत्येक वर्ष...
वीर सहिदप्रति श्रद्धा सुमन प्रकट गर्दै आज सहिद दिवस मनाईदैं

काठमाडौं, माघ १६ : प्रजान्त्रका लागि प्राण बलिदानी दिने वीर सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै आज माघ १६ गते सहिद दिवस मनाइँदैछ।

प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ। विसं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकू दोभानमा, १२ गते धर्मभक्त माथेमालाई सिफलमा, माघ १४ गते गङ्गालाल र दशरथलाई शोभा भगवती घोडेनागस्थित भचाखुसीमा मृत्युदण्ड दिइएको थियो।

उनीहरुको सम्झनामा यो दिवस मनाउन थालिएको हो । कठोर र निरङ्कुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड दिएपछि यिनै चार सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै मुलुकभर सप्ताहका रूपमा शहीद दिवस मनाउन शुरु गरिएको हो।

मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२(६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर्ने प्रचलन बढेको छ।

तर सरकारसँग हालसम्म मुलुकमा कति व्यक्ति सहिद भए भन्ने आधिकारिक तथ्याङ्क छैन। 

प्रकाशित मिति: ०७:०३ बजे, शुक्रबार, माघ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्