कोरोना नियन्त्रण गर्न लगाइएको प्रतिबन्ध नहटाउन डब्लुएचओको आग्रह
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को युरोपेली शाखाले बिहीबार युरोपमा भाइरस नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध कम गर्न अझै निकै हतार हुने बताएको छ ।
कोपेनहेगन, माघ १५ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को युरोपेली शाखाले बिहीबार युरोपमा भाइरस नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध कम गर्न अझै निकै हतार हुने बताएको छ ।
डब्ल्युएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगले भने, ‘डब्ल्यूएचओ युरोपेली क्षेत्रका ५३ देशमध्ये जनाले ३० मुलुकमा विगत १४ दिनमा कोभिड–१९ संक्रमितको संख्यामा उल्लेखनीय ह्रास आएको तर अझै पनि यहाँको संक्रमण दर धेरै रहेको छ ।’
उनले भने, ‘कोभिड–१९ सङ्क्रमण दर युरोपभरि अझै उच्च छ जसका कारण युरोपेली मुलुकहरूको स्वास्थ्य प्रणालीलाई महामारीले प्रभावित पार्न सक्छ र सेवाहरूलाई तनावपूर्ण बनाउन सक्छ । त्यसैले संक्रमणका नियन्त्रणका लागि लगाइएका प्रतिबन्धलाई सहज बनाइहाल्नु गलत हुन सक्छ ।’
प्रकाशित मिति: १९:१७ बजे, बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












