Kathmandu Press

हुम्लाका विद्यालयमा पठनपाठन सुरु    

कोरोना संक्रमणको त्रासले झन्डै १० महिनादेखि बन्द यहाँका तीन गाउँपालिकाका ७७ विद्यालय आजदेखि खुलेका छन् ।
हुम्लाका विद्यालयमा पठनपाठन सुरु    

सिमकोट,  माघ १५ :  हुम्लाका तीन गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन शुरु भएको छ । कोरोना संक्रमणको त्रासले झन्डै १० महिनादेखि बन्द यहाँका तीन गाउँपालिकाका ७७ विद्यालय आजदेखि खुलेका छन् । सिमकोट, ताँजाकोट र सर्केगाड गाउँपालिकाका ७७ विद्यालय सञ्चालनमा आएका हुन् ।     
     
लामो समयदेखि कोरोनाका कारण बन्द भए तापनि यतिखेर भने बन्दाबन्दी खुकुलो भएको र कोरोना सङ्क्रमणको त्रास न्यून हुँदै गएपछि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् ।

सिमकोट गाउँपालिकाका निजी तथा सामुदायिक गरेर २८ विद्यालय सञ्चालनमा आएको छ । झण्डै १० महिनापछि विद्यालयमा विद्यार्थीको उत्साहजन उपस्थित रहेको मानसरोवर माध्यामिक विद्यालयका प्राचार्य अमरबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति: १८:३१ बजे, बिहीबार, माघ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्